रुस–युक्रेनबीचको युद्ध अन्त्यका लागि वार्ताको सङ्केत : आक्रमणविरुद्ध विश्वभर प्रदर्शन

रुस–युक्रेनबीचको युद्ध अन्त्यका लागि वार्ताको सङ्केत देखिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गरी आफूले रुसलाई युद्धविरामका लागि अपिल गरिरहेको बताउनुभएको छ ।

रुसले आक्रमण गरेको र यसको अन्त्यका लागि ढिलो–चाँडो रुसले युक्रेनसँग कुरा गर्नुपर्नेमा उहाँको जोड छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले जति छिटो संवाद सुरू हुन्छ रुसलाई त्यति कम क्षति हुने प्रतिक्रिया दिनुभएको छ ।

रुसले अस्ति बुधवार आक्रमण सुरु गरेपछि युक्रेनका विभिन्न ठाउँमा घटना भइरहेका छन् । रुसी सैनिक युक्रेनको राजधानी किएभ पुगेका छन् । किएभभरि खतरा जनाउने साइरन बजेको सुनिएको बीबीसीले जनाएको छ ।

आक्रमणपछि ज्यान गुमाउने सैनिक र गैरनागरिकको फरक फरक विवरण सार्वजनिक भएका छन् । युक्रेनी रक्षा मन्त्रालयले अहिलेसम्म एक हजार जनाभन्दा धेरै रुसी सैनिक मारिएको समेत दाबी गरेको छ ।

रुसले किएभनजिक मात्रै दुई सय युक्रेनी सैनिक मारिएका जनाएको छ । बेलायतको रक्षा मन्त्रालयले अहिलेसम्म साढे चार सय रुसी सैनिक मानिएको विवरण सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *