युक्रेनमाथि सैन्य कारबाही गर्ने रुसको घोषणा

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार पुटिनले बिहीबार पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन् ।

पुटिनले सैन्य कारबाहीसँगै युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न माग गरेका छन् । सैन्य कारबाही घोषणा भएसँगै युक्रेनका विभिन्न भागमा बिस्फोटहरू भएको बिबिसीले उल्लेख गरेको छ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुतेरेसले पुटिनलाई आफ्ना सैनिकहरूलाई रोक्न शान्तिका लागि प्रयास गर्न आग्रह गरेका छन् ।

पुटिनको यो घोषणासँग रूस र युक्रेनको तनाव नयाँ चरणमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *