काठमाडौं ! सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई चैते ९ गते बिहिबारदेखि एकिकृत कारोबार (एकिकृत जीवन बीमा व्यवसाय) संचालन गर्ने भएका छन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।
यी दुवै कम्पनीको फागुन १२ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो भने बीमा प्राधिकरणले फागुन १८ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते एकिकृत कारोबारको स्वीकृति दिएकोले संयुक्त मर्जर कमिटिको चैत्र ५ गतेको बैठकले चैत्र ७ गतेबाट एकिकृत कारोवार सुरु गर्ने निर्णय गरेको हो ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौँको नयाँ बानेश्वर (हालको रिलायन्स लाइफको केन्द्रीय कार्यालय रहेको स्थान)मा रहने गरि एकिकृत कारोबार हुन् लागेको हो । यी दुई कम्पनी १:१ को स्वाप अर्थात् समान हैसियतमा मर्ज भएका हुन् ।