सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडबीच गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक सम्झौता

काठमाडौँ! एक समारोहका बिच आज सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने (Merger) सम्बन्धमा प्रारम्भिक सम्झौतापत्र ( initial agreement of merger) मा हस्ताक्षर भएको छ ।
सो प्रारम्भिक सम्झौतापत्र मा सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट संचालक श्री घनश्याम थापा र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट संचालक श्री भरत कुमार तोदीले हस्ताक्षर गर्नुभएको छ ।
उक्त कार्यक्रममा दुवै कम्पनीको तर्फबाट सञ्चालक समिति, व्यवस्थापनका पदाधिकारीको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *