डी.बी. बस्नेत उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं ! डी.बी. बस्नेत नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । निवर्तमान केन्द्रीय कार्यकारिणी समिति सदस्यसमेत रहेका बस्नेतलाई आइतबार महासंघका अध्यक्ष चन्द्र ढकालले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

महासंघको ५४औँ साधारणसभा तथा निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका बस्नेत चैत २९ गते सम्पन्न ५७औँ साधारणसभा तथा निर्वाचनमा भने उम्मेदवार बनेका थिएनन् । उनलाई अध्यक्ष ढकालले मनोनित गरेर महासंघको केन्द्रीय सदस्य बनाएका हुन् ।

अध्यक्ष ढकालले अझै ४ जना मनोनित गर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *