भारतले गण्डक नहरमा छाेडेन सम्भौताअनुसार पानी, कृषक मारमा

काठमाडौं । छिमेकी देश भारतले गण्डक नहरमा सम्भौताअनुसार पर्याप्त पानी नछोड्दा नहरको पानी वितरणमा समस्या भएको छ ।

भारतले हाल नहरमा ४ सयदेखि ४ सय ५० क्युसेकसम्म मात्र पानी पठाइरहेको छ ।

जसका कारण सिंचाइ हुन नसक्दा धानखेत पटपटी फुदन थालेको र धानबाली सुकेको किसानले दुखेसो पोखेका छन्।

मागअनुरूप सिंचाइका लागि पानी वितरण गर्न नसकिएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुबोध कुशवाहाले बताए ।

गण्डक सम्भौताअनुसार भारतले बर्सेनि धानबालीका लागि असार १५ र गहुँबालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी पठाउनुपर्छ ।

नवलपरासीको भैसालोटनस्थित नेपाल९भारत सीमामा निर्मित व्यारेजबाट भारतले नहरमा पानी छोड्ने गर्छ ।

यो समाचार नेपाल समाचार दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *