यो वर्षको पर्यटन भिसाको म्याद सकिएकाले किरण गजमेर नेपाल आउन पाउने छैनन् : अध्यागमन विभाग

‘एक भिसा वर्षमा बस्न पाउने अवधि उहाँ बसिसक्नु भएको रहेछ । हामीले इन्ट्री दिँदा थप दिन सक्नु पर्‍यो, कानुनमा त्यो व्यवस्था छैन,’ अध्यागमन कार्यलयका प्रवक्ता झंकनाथ ढकालले भने, ‘उहाँ त नेपाली पनि हुनुहुँदो रहेनछ । कोभिडका कारण २ सय २० दिन उहाँ बसिसक्नु भएको रहेछ । भिसा वर्ष २०२१ मा पर्यटक भिसामा बस्न पाउने अवधि उहाँ बसिसक्नु भयो । भिसा वर्ष २०२१, डिसेम्बरसम्म उहाँ नेपाल आउन सक्नुहुन्न ।’

अध्यागमन विभागका अनुसार एक भिसा वर्षमा १ सय ५० दिनमात्र बस्न पाइन्छ । ‘हाम्रै कलाकार पनि कुनै देश जानुभयो भने त्यताको अध्यागमनले तोकेको अवधि नै बस्न पाइयो । धेरै बसियो भने जरिवाना लाग्छ,’ ढकालले थपे ।

झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मिएका हुन् गजमेर । हाल अमेरिका बस्दै आएका किरणले भ्वाइसको ट्रफी उचाल्दा आफूले नेपाली नागरिकता पाएजस्तो अनुभव भएको प्रतिक्रिया दिएका थिए । ‘मैले नागरिकता पाएको थिइनँ । तर यो ट्रफी नागरिकता हो मेरो लागि,’ किरणले भनेका थिए । नेपाली नभएकै कारण उनलाई नेपाल प्रवेशमा रोक लगाइयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *