गोदावरीमा ५ तारे होटेलको शिलान्यास

धनगढी। कैलालीको गोदावरी नगरपालिकामा ५ तारे होटेल खोल्ने घोषणा गरिएको छ । नगरपालिकाको वडा नम्बर ७ हरैयामा आइडिया होटेल एण्ड क्यासिनो खोल्ने घोषणा गरिएको हो ।उक्त होटेलको शनिबार एक कार्यक्रमका बिच प्रतिनिधि सभा सांसद एवम् नेपाली कांगेसका नेता शशाङ्क कोइरालाले शिलान्यास गरेका छन् । होटेलको शिलान्यास गर्दै कोइरालाले होटेल व्यवसायले सद्भावको भावना जागृत गर्ने बताए ।

उनले होटेल व्यवसायले यस क्षेत्रको आर्थिक विकासमा मदत गर्ने बताए । आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले होटेलमा १५० गेष्ट रुम रहने बताए । उनले होटेलको २ हजार जना अटाउने सेमिनार हल, १ हजार ५ सय जनाले एकै पटक खेल्न सक्ने क्यासिनो लगायतका सेवा सञ्चालन हुने बताए ।आइडिया ग्रुपको नाममा २३ बिगा सो क्षेत्रमा जग्गा रहेको र जसमध्ये २ बिगा जग्गामा होटेल र अन्य क्षेत्रमा आइडिया सिटी निर्माण गरिने बताइएको छ । जसमा अपार्टमेन्ट निर्माण गरिने बताए ।आइडिया नेपालका अध्यक्ष श्रेष्ठले होटेल क्यासिनोले सयौँ मान्छेलाई रोजगारी दिने बताए । उनले होटेल सञ्चालनका लागि २ अर्ब लगानी लाग्ने अनुमान गरिएको बताए । होटेल १५ तलाको हुने जनाइएको छ ।

यो ग्रुपमा गैरआवासीय नेपालीको मुख्य लगानी छ। मुख्य लगानीकर्ता अइडिया ग्रुप रहे पनि पोखराको सौभाग्य रियल स्टेट एन्ड कम्पनीको समेत होटलमा लगानी रहनेछ। आइडिया ग्रुपको मुख्य कार्यालय हङकङमा छ। ग्रुपमा एनआरएनए बाहेक चिनियाँहरु पनि छन्। ग्रुपको अध्यक्ष गोकर्ण श्रेष्ठ हुन भने इन्टरनेशनल डाइरेक्टरमा छिङ छिङत्से छन्।आइडिया ग्रुपले चितवनको माडीमा १ .८७७ एकड जमिनमा माडी होटल र ४० बिघा जग्गा समेत छ। आइडिया ग्रुपले विश्वका ४०० भन्दा बढी प्रोजेक्टमा लगानी गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *