३ अर्बको लगानीमा उद्योगपति दुगडद्वारा विराटनगरमा सेन्चुरियन मलसँगै पाँचतारे होटल खोल्दै

काठमाडौँ ! उद्योगपति,पूर्वउद्योग राज्यमन्त्री एवं संघिय सांसद मोतिलाल दुगडले करिब ३०० करोडको लगानीमा विराटनगरमा सेञ्चुरियन मलसँगै सुबिधासम्पन्न  होटल सञ्चालन गर्नुहुने भएको छ ।

आज सोमवार काठमाडौंको रेडिसन होटलमा पत्रकार सम्मेलन गर्दै दुगडले विराटनगरमा करिब ३०० करोडको लगानीमा  पाँच तारे होटल सहित मलको सञ्चालनमा ल्याउने बताउनु भयो । उद्योगी दुगडले प्रदेश एकको विराटनगर जस्तो उद्गम स्थलमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मलमा पाँच तारे होटलसहित एउटै छानामुनी कर्पोरेट, कमर्सियल, सपिङ मल, मनोरञ्जन सुविधा उपलब्ध हुने बताउनु भयो ।

उहाँले सेञ्चुरियल मल करिब ३० कट्ठा क्षेत्रफलमा बन्ने उल्लेख गर्नुभयो । साथै उहाँले पाँच तारे होटल सेञ्चुरियनको सञ्चालन र व्यवस्थापन अन्तर्राष्ट्रिय चेन होटल रेडिसनले गर्ने जानकारी दिनुभयो । उहाँले स्तरीय होटल १८ महिनापछि सञ्चालनमा आउने पनि बताउनु भयो । उद्योगी दुगडले विराटनगरस्थित विमानस्थलबाट ४.२ किलोमिटर तथा भारतबाट १५ मिनेटको दूरीमा अवस्थित होटलमा स्वदेशी, भारतीय र तेस्रो मुलुकका पर्यटकलाई ल्याउन सकिने बताउनु भयो ।

दुगडले सेञ्चुरियन होटलमा आउने पाहुनहरुले मलभित्रै सपिङ र मनोरञ्जनको सुविधा लिनसक्ने बताउनु भयो । उहाँले होटलमा १४० कोठा, क्यासिनो,स्वीमिङ पुल, जीम, स्पा, १० हजार स्क्वायर फिटको विशेष प्रकारको रेष्टुराँ तथा बेन्क्युट र फिल्म हलको सुविधासमेत उपलब्ध हुने बताउनु भयो ।

सेञ्चुरियन मलमा अन्तराष्ट्रिय ब्राण्डका कफिशप लगायत अन्य ब्राण्डहरु समेत रहने भएकाले अन्तर्राष्ट्रिय पर्यटन धेरै भन्दा धेरै आकर्षित गर्न सकिने विश्वास रहेको उहाँले बताउनु भयो । उहाँले नेपालमा यस्ता भौतिक पूर्वाधार र सेवासुविधा भएको पूर्वाधार बनेपछि मात्रै नेपालको पर्यटन क्षेत्रको विकास र मुलुक बन्ने बताउनु भयो ।

सो अवसरमा आजै रेडीसन होटल ग्रुपसँग उक्त बन्ने पाँच तारे होटलको संचालन लागि सम्झौतापनि भएको छ। उक्त मलमा बन्ने होटल रेडिसन होटलको अन्तरास्ट्रिय मापदण्ड अनुरुप नै बन्ने र संचालनमा आउनेछ। उक्त अवसरमा होटलको बन्ने स्तरियकरण लगायतको भिडियो पनि देखाइएको थियो।

उक्त समारोहमा सेन्युरी ग्रुप अफ कम्पनिका अध्यक्ष मोतिलाल दुगड सहित रेडिसन होटल ग्रुपका जुबिर सक्सेना(म्यानेजिङ डाइरेक्टर एण्ड भाइस प्रेसिडेन्ट अफ अपरेसन्स साउथ एसिया), सन्जय कौसिक (रेडिसन होटल ग्रुपका सिनियर रिजनल डाइरेक्टर,अपरेसन्स साउथ एसिया)लगायतका बिशिस्ट व्यक्तित्वहरुको उपस्थिति थियो। उहाँहरु बिच नै उक्त होटल संचालन सम्बन्धमा सम्झौतापनि सम्पन्न भएको छ।

पत्रकारहरुको प्रश्नमा उद्योगी दुगडले यो रेडिसन ब्रान्डलाई देशभरी नै फैलाउने उद्घोष गर्नुभयो। उहाँले आफुले पहिलो चरणमा विराटनगरबाट सुरु गरेको र यसको सफलतासँगै देशभरीका शहरहरुमा यो होटल र मलको शाखा बिस्तार गर्ने बताउनु भयो। उहाँले आफ्नो अभियानलाई यसरी साथ दिएकोमा सबै पत्रकार एवं मिडियाहरुलाई आभार प्रकट गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *