होटेल क्षेत्रको व्यवसाय सुधारोन्मुख : अकुपेन्सी ३५ प्रतिशत पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण प्रभावित भएको होटेल क्षेत्रको व्यवसाय सुधारोन्मुख देखिन थालेको छ । उपत्यकाका साथै बाहिरका पर्यटकीय गन्तव्यहरूका होटेलहरूको अकुपेन्सीमा सुधार देखिन थालेको हो ।

कोरोनाबाट थलिएको होटेल क्षेत्रको व्यवसाय क्रमिक सुधार भइरहेको होटेल व्यवसायीहरूले बताएका छन् । कोरोना तथा ओमिक्रोनको समयमा सरदर ५ प्रतिशतमा झरेको होटेल अकुपेन्सी अहिले ३५ प्रतिशतसम्म पुगेको छ । होटेल एशोसिएशन नेपाल ९हान० की अध्यक्ष तथा अन्नपूर्ण होटेलकी कार्यकारी निर्देशक सिर्जना राणाले विगतको तुलनामा सुधार देखिएको बताइन् ।

अहिले आन्तरिक पर्यटक र भारतीय पर्यटकका कारण होटेल क्षेत्र चलायमान बनेको उनको भनाइ छ । ‘युक्रेन–रसिया युद्धका कारण यूरोपेली पर्यटक आगमनमा असहज अवस्था देखिएको छ,’ राणाले भनिन्, ‘त्यस कारण पनि नेपालले आन्तरिक र नजिकका पर्यटकीय बजारलाई लक्षित गरेर रणनीति बनाउनुपर्छ ।’ नेपालले गन्तव्य पहिचान र त्यसको मार्केटिङलाई बढी प्राथमिकतामा राख्नुपर्ने उनले बताइन् ।

यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *