काठ्माण्डौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७ असोजमा गरेको बजार अनुगमनका क्रममा काठ्माण्डौँ स्थीत १७ होटलमा छापा हान्दै १ होटललाई ३ लाख रुपयाँ जरिवाना तिराएको थियो ।
उक्त कारवाहिपछि होटल व्यवसायीहरुका संगठन र उद्योग वाणिज्य संघ लगायतको ध्यानाकर्षण भयो । संगठनहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कारवाहि विरुद्ध ज्ञापनपत्र समेत पेस गरे । बिहिबार भने व्यवसायीहरुको प्रतिनिधिमण्डल उद्योग मन्त्री दामोदर भण्डारीलाई भेट्न पुग्यो । उनिहरुको माग व्यापारिलाई कारवाहिबाट जोगाउन र जरिवाना गरिएको रकम फिर्ता गर्नुपर्ने सम्मको थियो ।
तर उक्त प्रतिनिधिमण्डललाई मन्त्री भण्डारीले व्यापारिक क्षेत्रमा भैरहेको अनियमितता रोक्नमा साथ दिन आह्वान गरेपछि प्रतिनिधिमण्डल सहमत हुदैँ फिर्ता भयो ।
मन्त्री भण्डारीले व्यवसायीका संगठनलाई बजार अनुगमनमा संगै हिड्न आग्रह गर्दै व्यवसायीले गल्ती नगरेमा बजार अनुगमन नै नगर्ने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी अहिले कोहि व्यवसायी, कोहि ग्राहक, कोहि सरकारका प्रतिनिधि, जेसुकै भएपनि सबभन्दा पहिला हामी सबै उपभोक्ता हौँ, स्वस्थकर खाद्य सामग्री हामिले उपयुक्त मुल्यमा पाउनुपर्छ । तर काठ्माण्डौँका केहि रेस्टुरेण्टले असुल्दै आएको मुल्य अत्याधिक छ, त्यो गर्न पाइदैन् । २२ रुपयाँ पर्ने पानिको बोतल १सय रुपयाँमा बिक्रि गर्दा कारवाहि नगरेर के गर्ने ? होटलैपिच्छै फरकफरक मुल्यसूचि रहेकाछन्, यसमा एकरुपता ल्याउनुस्, गुणस्तरिय सामग्री उचित मुल्यमा उपलब्ध गराउनुस् हामी अनुमगन गर्न छाडिदिन्छौँ । अहिले राजमार्ग क्षेत्रका होटलहरुमा गुणस्तरहिन खाना खानुपर्छ, व्यवसायीको फाइदाको लागि उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्न पाइदैँन् उपभोक्ता ठग्ने बिषयमा सरकार मुखदर्शक बन्न सक्दैन् ।’
मन्त्री भण्डारीले व्यवसायीका संगठनहरुले उपभोक्ताको हितमा वकालत गर्न आग्रह गर्नुभएको छ । उहाँले महंगी अनुसारको सुविधा होटलहरुले नदिएकोले सुधार गर्नुपर्ने बताउनुभयो । होटलमा कामगर्ने कर्मचारीले समयमै उचित तलव नपाएको प्रयाप्त गुनासो आफुसंग आउने गरेको उहाँको भनाई छ ।
एकै स्तरका होटल तथा रेष्टुरेण्टमा मुल्यमा पनि एकरुपता हुनुपर्ने मन्त्री भण्डारीको भनाई छ ।
उहाँले पाँच तारे होटलहरु, रेष्टुरेण्टहरु र खाजाघरहरुमा पाइने सामग्रीको स्तर हेरेर मात्रै मुल्य निर्धारण गर्नुपर्ने बताउनुभयो ।
यस बिषयमा व्यवसायीहरु सहमत भएका छन् । व्यवसायीक क्षेत्रका व्याक्तिहरु एकै बैठकमा बसेर मुल्य निर्धारण गर्न सहमत भएकाछन् । होटलको स्तर अनुसार मुल्य निर्धारण गर्ने र जसको जानकारी सरकारलाई गराउनमा व्यवसायी सहमत भएकाहुन् । जसका लागि छिट्टै बैठक बोलाउने सहमती भएको छ । मन्त्री भण्डारीले एकै स्तरका होटलमा फरक–फरक मुल्यसूचि देखाउदैँ व्यवसायीलाई छलफलका लागि आह्वान गर्नुभएको थियो ।
व्यवसायीले गरिरहेको अनियमीतताबारे प्रयाप्त गुनासो आउने गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल बताउनुहुन्छ ।
अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमनमा कडाई गर्नुका साथै कालोबजारी नियन्त्रण, कृतिम अभाव हटाई गुणस्तरहिन उपभोग्य बस्तुको आपूर्तिका लागि पहल गरेको छ । लामो दुरीको बसका यात्रुहरुलाई खाना खुवाउनका लागि राजमार्ग क्षेत्रमा सञ्चालीत होटलहरुमा अनुगमन कडाईगर्न मन्त्री भण्डारीले मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।