धनगढीस्थित नवजीवन अस्पताललाई १०० शय्या र नर्सिङ्ग अध्यापनको स्वीकृति

कैलाली ! धनगढीको नवजीवन अस्पतालले एक सय शय्याको स्वीकृति पाएको छ। २०६२ फागुन ११ गतेबाट १५ शय्यामा सञ्चालन गरिएको अस्पताल २०६८ सालबाट ५० शय्यामा सञ्चालनमा थियो।

केहीदिन पहिला मात्र एक सय शय्याको स्वीकृति पाएको अस्पतालले बताएको छ। अस्पतालका प्रवन्ध निर्देशक यज्ञराज ढुङगानाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम सरकारबाट एक सय शय्याको अस्पताल सञ्चालनका लागि स्वीकृति पाएको बताए। अस्पतालले एक सय शय्याको स्वीकृति पाएसँगै नवजीवनले नर्सिङ्गको पनि अध्यापन गराउने भएको छ। ४० जना विद्यार्थीलाई पि.सि.एल नर्सिङ अध्यापनका लागि अनुमति पाएको ढुंगानाले बताए। उनले सिटीइभिटी र राष्ट्रिय चिकित्सा आयोगले अध्यापनका लागि अनुमति दिएको बताए। अस्तापलले चार जना विद्यार्थीलाई निःशुल्क नर्सिङ अध्यापन गराउनुपर्नेछ। नवजीवन अस्पतालले नेपाल सरकारका स्वास्थ्यका कार्यक्रम सञ्चालनको पनि अनुमति पाएको छ।

अस्पतालमा नेपाल सरकारका आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम, क्षयरोगको बिरामीको निःशुल्क औषधी वितरण, स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको हो। अस्पताल व्यवस्थापनका अनुसार वरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ, प्रसुती तथा महिला रोग, बालरोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन, मानसिक तथा स्नायु, पेट छाती तथा मुटुरोग विशेषज्ञ सेवा सञ्चालनमा छन्। अस्पतालमा वरिष्ठ एनेस्थेशियोलोजिष्ट एवं क्रिटीकल केयर सेवा, मुटुरोग विशेषज्ञ डि एम कार्डियोलोजी, छाला चर्मरोग, एलर्जी, यौन गुप्तरोग तथा सौन्दर्य बिशेषज्ञ, नाक कान तथा घांटी रोग, युरो सर्जन तथा मिनी पिसीएनएल तथा वरिष्ठ फिजीयोथेरापी प्रत्येक दिन सेवा प्रदान गरिरहेकोे छ। रंगिन भिडीयो एक्सरे, आइसीयू, एनआइसीयू तथा डायलाशिस सेवा सञ्चालनमा छन्। अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवा र औषधि सेवा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *