गोदावरी नगरपालिकाका कर्मचारीले यसरी मनाए आजको फागुपुर्णिमा

कैलाली ! रंगको पर्व होली आज पहाडी भुभागमा मनाइने भएपनी त्यसको प्रभाव तराइमा पनि परेको छ । सुदुरपश्चिम तराईका जिल्ला कैलाली कन्चनपुरमा बाक्लो पहाडी सामुदायको बसाई रहेकाले त्यहाँ पनि बिहानै देखी होली पर्व मनाउन थालिएको छ ।

स्थानिय बासिन्दाले एक आपसमा अबिर लगाएर शुभकामना दिने गरेका छन् , बिगतका बर्षहरुमा कोरोना माहामारीका कारण होली पर्व स्थानियले मनाउन पाएका थिएनन् ।

तर अहिले कोरोनाको कहर कम भएकाले स्थानियले उमंगका साथ मनाइरहेका छन् । गोदावरी नगरपालिकाका कर्मचारीहरुले पनि होली पर्व कार्यालय मै बसेर मनाएका छन् । उनीहरुले एक आपसमा शुभकामना साटासाट गर्दै होली पर्व मनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *