चिनियाँ कम्युनिष्ट पार्टीले गर्‍यो भुकम्पपीडितलाई सहयोग

काठमाडौं ! चीनको चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका भूकम्प प्रभावितलाई सहयोग गरेको छ । चीन सरकारले सहयोग बाहेक चिनियाँ कम्युनिस्ट पार्टीले पनि छुट्टै सहयोग गरेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तराष्ट्रिय विभागले बुधबार साँझ नेपाली राजनीतिक दलमार्फत भूकम्प प्रभावितलाई २ करोड ७४ लाख ७५ हजार रुपैयाँ बराबरका राहत सामग्री उपलब्ध गराएको हो ।

काठमाडौँस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलाई संयुक्तरूपमा हस्तान्तरण गरे ।

दूतावासले ती सामानहरु भूकम्पपीडितका घरदैलोमा नै पुर्याइदिने छ ।