स्वर्गीय आशिष् चौधरीको परिवारलाई लोकतान्त्रिक थारु संघको पहलमा आर्थिक सहयोग

धनगढी ! सुदूरपश्चिम विश्वविद्यालयमा एग्रीकल्चर विधामा अध्ययनरत तथा लर्न एण्ड अर्न कार्यक्रमका लागि इजरायल गएर गत असोज २० गते विद्रोही समूह हमासको आक्रमणमा परि दिवङ्गत भएका कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वार्ड नं. ५ , मैनपोखरी निवासी २५ वर्षिय स्वर्गीय आशिष् चौधरीको घरपरिवारलाई लोकतान्त्रिक थारु संघले केही आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरेको छ।

लोकतान्त्रिक थारु संघका केन्द्रिय सचिव कमलसिं राना,प्रदेश उपसचिव छेदालाल चौधरी, AMC कलेजका स्ववियु कोषाध्यक्ष सुदासन चौधरीको पहलमा संकलन भएको उक्त रकम स्वर्गीय आशिष् चौधरीको घरमा पुगि उनको परिवारलाई सोमबार हस्तान्तरण गरिएको हो।

आफ्नो एक्लो छोराको असामहिक निधनबाट बिछिप्त भनेको स्व. आशिष् चौधरीको परिवारले उक्त सहयोग एवं सद्भावप्रति लोकतान्त्रिक थारु संघ र सहयोगीहरुप्रति सम्मान एवं आभार प्रकट गरेको थियो । लोकतान्त्रिक थारु संघको पहलमा नेकपाका एमालेका नेता कार्यकर्ता र लोकतान्त्रिक थारु संघका नेता कार्यकर्ताहरुद्वारा स्फुर्त रुपले २१ हजार रुपैयाँ संकलन भएको थियो। यस्तो छ स्व. चौधरीको परिवारलाई सहयोग गर्नेको नामावली;-