चिकित्सक संघले आज देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्दै

काठमाडौँ !  नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वस्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने घोषणा गरेको छ।

संघले हेटौँडामा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आज देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेको हो।

यसअघि संघले हेटौँडाको सञ्चो अस्पतालमा डा. विकास थापा र डा. प्रशान्त विडामीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको थियो।

संघले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा नल्याएको हुँदा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको जनाएको हो।

संघले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको सुनिश्चितका गर्नुपर्ने, देशभरका स्वास्थ्य संस्थामा स्वास्थ्य सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाउनुपर्ने, चिकित्सक ऐन तथा चिकित्सक सेवा आयोगको स्थापनाका लागि काम अगाडि बढाउनुपर्नेलगायतका ७ बुँदे माग राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *