राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महिला विभागद्वारा आयोजना गर्‍यो वाल्काथन कार्यक्रम

काठमाडौं ! राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको महिला विभागले वाल्काथनको आयोजना गरेको छ । बुधबार ११३ औं अन्तर्राष्ट्रि श्रमिक महिला दिवसको अवसरमा विभागले वाल्काथनको आयोजना गरेको हो । स्वास्थ्य सेवा विभाग टेकुबाट माइतीघर मण्डलासम्म वाल्काथन गरिएको थियो । वाल्काथन कार्यक्रममा नेकपा एमालेका सचिव तथा स्वास्थ्य विभाग इन्चार्ज योगेश भट्टराई प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष डा. झलक शर्मा विशेष उपस्थिती रहेको थियो । कार्यक्रम महासंघकी उपमहासचिव तथा महिला विभाग प्रमुख अमृता बरालको संयोजकत्व सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *