घोडाघोडी नगरपालिकामा गेटा आँखा अस्पतालको उपचार केन्द्र स्थापना

कैलाली ! घोडाघोडी नगरपालिका- १ सुखडमा  आँखा उपचार केन्द्र  स्थापना गरीएको छ । नेपाल नेत्र ज्योति सङ्घ गेटा आँखा अस्पतालद्वारा घोडाघोडी नगरपालिका सँगको सहकार्य तथा सेभा नेपालको सहयोगमामा गेटा आँखा अस्पतालको १९ औँ शाखा स्थापना गरीएको हो ।
सुदूर पश्चिम प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवाको पहुँच विस्तार गर्ने कार्य योजना अनुसार आँखा उपचार केन्द्र स्थापना गरीएको नेपाल नेत्र ज्योति सङ्घ गेटा आँखाले जनाएको छ ।उक्त उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरूको प्रयोग गरी आँखा परीक्षण, औषधि उपचारको साथै सामान्य शल्यक्रिया गरिने, समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम समेत संचालन गरिने बताईएको छ ।
आँखाको जटिल समस्या भएका बिरामीहरूलाई उपकरणमा नजडित क्यामराको मदतले टेलिमेडिसिनको प्रयोग गरी विशेषज्ञ बाट आँखा परीक्षण र आवश्यक परामर्श गरी उपचार सेवा समेत प्रदान गरिने गेटा आँखा अस्पतालका चीफ मेडिकल डाइरेक्टर डा सुरेश राज पन्तले जानकारी दिए । गेटा आँखा अस्पताल बाट आँखा उपचार सेवा लिन बाट विगत लामो समय देखि वञ्चित आँखाका रोगीहरू उपचार केन्द्र बाट लाभान्वित हुने भएका छन् ।
साथै स्वास्थ्य बिमामा बीमितहरुको लागि उपचार केन्द्र बाट गेटा आँखा अस्पताल पठाई निःशुल्क आँखा परीक्षण, औषधि उपचार अप्रेसन तथा वर्षमा एक हजार सम्मको चस्मा समेत निःशुल्क उपलब्ध गराइने छ । घोडाघोडी नगरपालिका वार्ड नं. १ का अध्यक्ष मनराज शाहको सभापतित्वमा सञ्चालित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख प्रेम कुमारी थापा र विशिष्ट अतिथि सेभा नेपालका निर्देशक रामप्रसाद कँडेलबाट आँखा उपचार केन्द्रको संयुक्त रुपमा उद्घाटन गरिएको हो।
नेपाल नेत्रज्याति सङ्घ कैलालीका सभापति तथा गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिव्य प्रसाद पन्त, नेपाल नेत्र ज्योति सङ्घ प्रदेश कार्य समितिका सचिव भूपेन्द्र थापा र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले शुभकामना व्यक्त गरेका थिए।
गेटा आँखा अस्पतालका चीफ मेडिकल डाइरेक्टर डा सुरेशराज पन्तले सबै सहभागीलाई स्वागत तथा आँखा उपचार केन्द्रले प्रदान गर्ने सेवाको विषयमा प्रकाश पारेका थिए। कार्यक्रममा वार्ड अध्यक्षहरू, नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा कैलालीका सदस्य तथा विभिन्न सङ्घ संस्थाका पदाधिकारी, कार्यालय प्रमुख, पत्रकार र स्थानीय समाज सेवीहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *