काठमाडौं ! ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र सुदूरपश्चिम रोयल्स बीच बृहत् स्वास्थ्य शिविर अभियान सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा ओम मेगाश्रीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ र सुदूरपश्चिम रोयल्सका अध्यक्ष स्वतन्त्र प्रताप शाहले हस्ताक्षर गरेका छन् ।
यस सहकार्यअन्तर्गत देशका विभिन्न क्षेत्रमा मुटु रोग, मधुमेहलगायतका स्वास्थ्य समस्याको प्रारम्भिक परीक्षण र परामर्श सेवा प्रदान गरिनेछ । यसबाट जनस्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममार्फत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै समुदायस्तरमै सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको जनाइएको छ ।
