सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ भब्यताका साथ सम्पन्न (फोटोसहित)

काठमाडौं ! सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ भब्यताका साथ सम्पन्न भएको छ । साइकल यात्रामार्फत सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गर्नु भएको थियो भने समापन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि प्रेम आलेले गर्नु भएको थियो।

उक्त समापन कार्यक्रममा बोल्दै मन्त्री आलेले यस सुदुरपश्चिम पर्यटन साईकल यात्रा २०७८ ले राम्रो छाप छाडेको र यसै कार्यक्रम मार्फत देश तथा बिदेशमा समेत नेपाल संगै सुदुरमा भएका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा टेवा पुर्याउनेमा आफु बिश्वस्त रहेको बताउनु भयो।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा पुस ३, ४ र ५ गते सम्म चलेको साइकल यात्रामा १०० भन्दा बढी स्वदेशी तथा बिदेशी यात्रीहरुको सहभागिता रहेको थियो।

यात्राको अन्तिम तथा तेस्रो दिन बुडरमा आयोजना गरिएको साइकल रेस प्रतियोगिताका बिजेतालक्ष्मण मल्ललाइ रु. १५००० दोस्रो प्रतियोगि सुरज राना मगरलाई रु १० हजार , तेस्रो प्रतियोगी लक्ष्मी मगरलाइ रु. ५ हजार र सान्तवना पुरस्कार अन्तर्गत रेवन्त बिकलाई रु २५ सय प्रदान गरिएको थियो।

डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्मको ५ किलोमिटरको यस रेस प्रतियोगितालाई निसर्ग अस्पतालको स्पोन्सरसीपमा विजेताहरूलाई पुरस्कारको व्यवस्था गरिएको थियो ।                                                                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *