वीरेन्द्रनगर-१० मा संचालनमा आयो हाटबजार : मेयर ढकालद्वारा उद्घाटन

काठमाडौं । वीरेन्द्रनगर नगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न हाट बजार संचालनमा ल्याएको छ । कृषकहरुले उत्पादन गरेको कृषि उपज विक्रि वितरण गर्न सक्नेगरी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा हाट बजार संचालनमा ल्याएको हो । १० लाख रकम लगानी गरेर संचालनमा ल्याइएको हाट बजारको शुक्रबार उद्घाटन गरिएको छ ।

उद्घाटन गर्दे नगर प्रमुख मोहनमाया ढकालले लामो प्रयासपछि आफुहरुले हाटबजार संचालनमा ल्याउन सकेको भन्दै यसले बजार व्यवस्थापनसँगै कृषकलाई सम्मान पुग्ने विश्वास व्यक्त गरिन् । कृषि प्रधान देशका नागरिक रहेको भन्दै कृषि उत्पादनमा जोडिएर आत्म निर्भर हुन आवश्यक रहेको उनले बताईन् । हाटबजारले कृषकहरुलाई आफ्ना उत्पादन आफै बेच्न सहज भएको छ, हामी कृषि प्रधान देशका नागरिक भएको हुँदा कृषि उत्पादनलाई जोड दिनुपर्छ अनि मात्रै आत्म निर्भर हुन सक्छौँ ।” उनले भनिन् ।

उनले वडा नम्बर १ र २ लाई समेटेर समेत यस्तै कृषि हाटबजार संचालनमा ल्याउने योजना नगरपालिकाको रहेको बताईन् । नगरपालिकाले कृषि क्षेत्रबाट आत्मनिर्भर स्वरोजगार बनाउने नीति लिएको उनको भनाई थियो ।

कार्यक्रममा नगरपालिका उपप्रमुख निलकण्ठ खनालले पनि अहिले मानिसहरु किनेर खाने आफुहरुले उत्पादन नगर्ने प्रवित्तिमा रमाइरहेको भन्दै उत्पादनमा जोडिन आवश्यक रहेको बताए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १० का वडा अध्यक्ष डिल बहादुर रखालले आफ्नो कार्यकालभरी कृषि क्षेत्रबाट समृद्धीको आधार तय गर्ने बताए । हाटबजारको उद्घाटन कार्यक्रममा कृषक समुह, कृषक महासंघ, टोल विकास समितिका पदाधिकारी कृषकहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उस्सु खेलको समे प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *