आज देशभर मदन जयन्ती मनाइँदै

काठमाडौं ! नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आज बिहीवार ७२ औं जन्मजयन्ती देशभर मनाइँदैछ ।

मदन जयन्तीका अवसरमा एमालेका भ्रातृसंगठनले विभिन्न कार्यक्रमहरु गर्दैछन् । आज मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभागृह काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्दैछ। उक्त विशेष कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *