रवि लामिछानेका विरुद्ध चितवनमा उम्मेदवारी खारेजीको मागसहित उजुरीका चाङ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

मंगलबार पौडेलले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयलाई रविको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका हुन् ।

पौडेलले नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन नपाउने भनेर उल्लेख गरेका छन् । साथै, माघ १५ गतेमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनर्प्राप्ति गरेको र सो अघि उनले निस्सा बुझाएको नदेखिएकाले उम्मेदवार बन्न अयोग्य रहेको पनि उजुरीमा उल्लेख छ ।

गत सोमबार लामिछानेले चितवन २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *