गोविन्द केसी आजबाट सरकार विरुद्ध सत्याग्रह बस्ने

काठमाडौं ! चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसी यतिबेला कैलालीको धनगढी आइपुगेका छन्। उनी आज साँझ ५ बजेदेखि सत्याग्रह बस्न धनगढी आएका हुन्।

डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) अल्मिेटम दिएका थिए।  ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै रेस्पोन्स नआएकाले म सत्याग्रहका लागि धनगढी आएको छ।’  डा. केसीले भने, ‘देउवाले समय मागेर आजसम्म झुलाए तर अहिले रेस्पोन्स गरेनन्, त्यसैले धनगढीमा अनशन बस्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *