काठमाडौं ! सर्वोच्च अदालतले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई गरिएको नियुक्त कानुनसम्मत नभएको भनी एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको छ ।कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले पोखरेलको रिट खारेज गरेको हो ।
सर्वोच्च अदालतले शुक्रबार पोखरेलको रिट खारेज गरेको हो । पोखरेलसँगै आईजीपी नियुक्तिलाई अदालतमा चुनौती दिएका घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीको रिट पनि खारेज गरिएको छ ।
आईजीपीमा सरकारले आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै एआईजी पोखरेल रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । आईजीपीमा सिंहको नियुक्ति भएपछि उनी आफ्नो ड्युटीमा पनि गएका थिएनन् ।