दुबईका अधिराजकुमार जुमा अल मोक्तुम नेपालमा

झापा ! नेकपा एमालेका केन्द्रिय सदस्य तथा उद्योग विभाग उप प्रमुख साथै बि एण्ड सी तथा पुर्वाञ्चल क्यानसर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईको निमन्त्रणामा दुबईका अधिराजकुमार जुमा अल मोक्तुम झापा पुगेका छन्,आज करिब ११ बजे श्री एरलाईन्सको चार्टर बिमान चडेर अधिराजुकमार झापा पुगेका हुन् । अधिराजकुमारको स्वागतमा बिमानस्थालमा सयौंको संख्यामा मानिसहरु भेला भएका थिए । उहाँले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटसिटिस्क्यान उपकरणको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । झापा पुग्नुभएका अधिराजकुमारलाई क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईले स्वागत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *