काठमाडौं ! नवनियुक्त गभर्नर डा विश्व पौडेलले आजै सपथ तथा पदभार सम्हाल्ने कार्यक्रम रहेको छ। आज उनले सर्वोच्च अदालतका प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतबाट सपथ लिने कार्यक्रम रहेको बताइएको छ।
त्यस्तै, सपथ लगत्तै डा पौडेलले आजै दिउँसो बालुवाटारस्थिर नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
पौडेललाई हिजो जेठ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले आगामी पांच वर्षको लागि १८औं गभर्नरको रुपमा नियुक्त गरेको हो।