नीति तथा कार्यक्रम : निजी क्षेत्रको सहकार्यमा खाद्य प्रशोधन उद्योग सञ्चालन गरिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रको सहकार्यमा खाद्य प्रशोधन उद्योग सञ्चालनमा ल्याइने बताएका छन् ।

मंगलबार आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले खाद्य प्रशोधन उद्योग खोलिने बताए । त्यस्तै, प्राङगारिक खेतीलाई प्रोत्साहन गरिने बताए ।