नया प्रदेश प्रमुखले हटाए पृथ्वीनारायण शाहको तस्बिर

काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले आफ्नो कार्यकक्षमा राखिएको पृथ्वीनारायण शाहको तस्बिर हटाएका छन् ।

 

निवर्तमान प्रदेश प्रमुख डा. राजेश झा अहिराजले कार्यभार सम्हाल्नुअघि त्यहाँ राष्ट्रपति र प्रधानमन्त्रीको मात्र तस्बिर थियो । झाले दाहिनेतर्फ पृथ्वीनारायण शाहको तस्बिर सजाएर राखेका थिए । तर झालाई विस्थापित गरेर प्रदेश प्रमुख बनेका मिश्रले कार्यभार सम्हालेलगत्तै उक्त तस्बिर हटाउन लगाएका छन् । अहिले उनको कार्यकक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको  मात्र तस्बिर छ ।

 

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारबाट नियुक्ति पाएका अहिराजलाई बर्खास्त गर्दै मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख बनाउने निर्णय लिएको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले मंगलबार अहिराजलाई हटाएर मिश्रलाई प्रदेश प्रमुखको शपथ गराएकी थिइन् । तर उनले कार्यभार सम्हालेलगत्तै नेपाल एकीकरणका सूत्राधार मानिने पृथ्वीनारायण शाहको तस्बिर हटाइदिएका छन् ।

 

झा महोत्तरीबाट लामो समय कांग्रेस राजनीति गरेका व्यक्ति हुन् । उनी ०४८ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको तर्फबाट महोत्तरी क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । साघु साप्ताहिक बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *