प्रधानमन्त्री देउवा र स्वास्थ्यमन्त्री खतिवडाबीच देखियो चरम विवाद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्यमन्त्री विरोध खतिवडाबीच विवाद चर्किने सम्भावना बढेको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले वीरमा पठाएका डा. गुणराज लोहनीलाई प्रधानमन्त्री देउवाले रोकेपछि प्रधानमन्त्री देउवा र खतिवडाबीच विवाद बढ्ने सम्भावना बढेको हो ।

स्थवास्थ्य मन्त्री खतिवडाले वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा. गुणराज लोहनी पठाएका थिए ।

तर, प्रधानमन्त्री देउवाले सो सरुवालाई रोकेका छन्  ।

केही दिनयता लोहनीको वीरमा भएको सरुवालाई लिएर कर्मचारीआन्दोलित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *