तीन मन्त्रीको शपथ सम्पन्न

काठमाडौँ– नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपासहितको नयाँ गठबन्धनका तीन मन्त्रीहरुले सोमबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन्।

एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्।

राष्ट्रपति भवन शितल निवासमा उनीहरुले बिनाविभागीय मन्त्रीको हैसियतमा शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिलेर सरकार बनाएका प्रचण्डले सोमबार सानो आकारको मन्त्रीमण्डल गठन गरेका हुन्।

विकसित भएको नयाँ सत्ता समीकरणबाट तीन जना मन्त्रीहरुले सोमबार शपथ लिएका हुन्।