काठमाडौं । सर्वोच्च अदालतले युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष कल्याण रोक्का (देवराज) लाई हटाउने सरकारको निर्णयमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको छ ।
रोक्कालाई हटाउने निर्णय कार्यन्वयन नगर्न यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै अदालतले अर्को फैसला नभएसम्म उनलाई पदमा यथावत काम गर्न दिन सरकारको नाममा आदेश जारी गरेको छ ।
यो सगै अब रोक्काले कोषमा दैनिक आफ्ना कामकारबाहीहरु गर्नेछन।