एमालेको खबरदारीले झुक्यो सरकार : पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

काठमाडौं । नेकपा एमालेको चर्को विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ ।

आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।

सरकारले मूल्य वृद्धि सार्वजनिक गरेलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेले मूल्य वृद्धि फिर्ताको लागि चर्को विरोध एवं खबरदारी गरेको थियो।