सरकार र चिकित्सकबीच भयो ६ बुँदे सहमति : यस्तो छ सहमतिका बुँदाहरु

काठमाडौँ !  आन्दोलनरत चिकित्सकहरुले शनिबार अबेर बेलुकी सरकारसँग सहमति गरेका छन्।

स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरुमाथि भइरहेको निरन्तर आक्रमणको विरोधमा उत्रेका चिकित्सकहरुले सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलन गरेका थिए। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृहमन्त्रालयमा भएको वार्तमा दुई पक्षबीच छ बुँदे सहमति भएको हो।

गत सोमबार पोखराको मणिपाल अस्पतालमा उपचाररत बिरामीको ज्यान गुमेपछि चिकित्सकहरुलाई आफन्तजनले आक्रमण गरेका थिए। त्यसलगायत पछिल्लो समय विभिन्न स्थानमा भएका चिकित्सकहरुमाथिका हमलाबाट आक्रोशित चिकित्सकहरु आन्दोलनमा उत्रेका थिए।

शनिबार राति भएको सहमतिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्ररमण श्रेष्ठ र संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले हस्ताक्षर गरेका छन्।

यस्तो छ चिकित्सक र सरकारबीच भएको छ बुँदे सहमति: