धुर्मुस–सुन्तली फाउण्डेशनलाई कर छुट दिने सरकारको निर्णय

काठमाडौं ! सरकारले  धुर्मुस–सुन्तली फाउण्डेशनलाई कर छुट दिने निर्णय गरेको छ  । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा धुर्मुस–सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती पुनःनिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्ने बेलाको करलाई छुट दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले नेपाल–चीन सिमानाको तातोपानी झङ्मोस्थित सीमा चिह्न स्तम्भ नं ५३१ लाई यथास्थानमा पुनःस्थापनाका लागि संयुक्तरुपमा नेपाली टोली गठन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  जानकारी दिईन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *