सरकारका कारण मुलुकको आर्थिक स्थिति थप जटिल बन्दै

काठमाडौं ! मुलुकको शोधनान्तर घाटा एक महिनामै दोब्बरले आकासिएको छ ।
असोज महिनासम्म ७६ अर्ब घाटामा रहेको शोधनान्तर घाटा कात्तिक महिनामा १ सय ५० अर्ब ३८ करोड पुगेको छ । राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक बर्षको पहिलो चार महिनाको आर्थिक स्थितिअनुसार मुलुकको समष्टिगत आर्थिक सूचकहरु थप चुनौतिपूर्ण बन्दै गएको देखिएको हो ।

अघिल्लो महिनासम्म ४ दशमलब २४ प्रतिशतमा रहेको मूल्यबृद्धि पनि यस अवधिमा ५ दशमबल ३२ प्रतिशत पुगेको छ । यस अवधिमा कुल वस्तु व्यापार घाटा ५६ दशमबल ८ प्रतिशतले वृद्धि भई ५ खर्ब ६८ अर्ब पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२ दशमलब ५ प्रतिशतले घटेको थियो । अघिल्लो महिनाभने व्यापार घाटा अझ ५८ प्रतिशतले बढेको थियो । यस अवधिमा पनि आयात र निर्यातको बृद्धिदर उस्तै रहेकाले व्यापार घाटा पनि उच्चै रहेको हो । यस अवधिमा कुल वस्तु निर्यात १ सय ४ प्रतिशतले वृद्धि भई रु.८२ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० प्रतिशतले वृद्धि भएको थियो । असोजमा पनि कुल वस्तु निर्यात १०९ प्रतिशतले वृद्धि भई ६५ अर्ब ५ करोड पुगेको छ ।

यस अवधिमा आयात ६१ दशमबल ६ प्रतिशतले वृद्धि भई ६ सय ५० अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १० दशमबल ६ प्रतिशतले घटेको थियो । अघिलो महिना पनि आयात ६३ प्रतिशतले वृद्धि भई ४ सय ७८ अर्ब ५२ करोड पुगेको थियो ।

यसैगरी, यस अवधिमा विप्रेषण आप्रवाह ७ दशमबल ५ प्रतिशतले कमी आई ३ सय १२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो । अघिल्लो महिना पनि विप्रेषण आप्रवाह ७ दशमबल ६ प्रतिशतले घटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *