जेठ ५ गते सरकारले आगामी बर्षको नीति तथा कार्यक्रम ल्याउँदै

काठमाडौं ! सरकारको नीति तथा कार्यक्रम यही जेठ ५ गते आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेलाई जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने जानकारी गराएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । सो भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संसद् सञ्चालनका लागि सभामुख घिमिरेले सबै दलसँग समन्वय र सहकार्यको प्रयास गरेकोमा प्रशंसा गरेका थिए । सभामुख घिमिरेले संसद सचिवालयले पनि नीति तथा कार्यक्रम र बजेटको तयारी गरेको जानकारी गराएका बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *