एउटै विधेयकमार्फत ७९ वटा ऐन संशोधनको गर्ने सरकारीको तयारी

काठमाडौं ! सरकारले एकसाथ ७९ वटा ऐन संशोधनको तयारी गरेको छ । सरकारले केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ । उक्त विधेयकमा विभिन्न ७९ वटा ऐन संशोधन गर्ने प्रस्ताव गरिएको छ  ।

प्रचलित नेपाल ऐनमा समसामयिक सुधार गर्न सरकारले यो विधेयक मार्फत विभिन्न ७९ वटा ऐन संशोधन गरिन लागेको जनाएको छ। संशोधन प्रस्ताव गरिएको ऐनहरुमा बीमा ऐन, प्रहरी ऐन, नेपाल विद्युत प्रधिकरण ऐन, विद्युत नियमन आयोग ऐन, नेपाल खुला विश्वविद्यालय ऐन, कर्मचारी संचय कोष ऐन, जग्गा प्राप्ति ऐन, औषधि ऐन, पर्यटन ऐन, खानेपानी संस्थान ऐन, काठमाडौँ विश्वविद्यालय ऐन, ट्रेड युनियन ऐन लगायत रहेका छन् ।

त्यस्तै सवारी तथा यातायात व्यवस्था ऐन, त्रिभुवन विश्वविद्यालय ऐन, विद्युत ऐन , सार्वजनिक खरिद ऐन, नगर विकास कोष ऐन विदेशी रोजगार ऐनमा पनि संशोधन प्रस्ताव गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *