मन्त्रिपरिषद् बैठक : क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही पुरस्कार रकमको घोषणा

काठमाडौँ ! एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउका लागि आगामी बजेटमा प्राथमिकता दिने पनि निर्णय गरेको छ ।

एसीसी प्रिमियर कप विजेता राष्ट्रिय क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने र क्रिकेट टोलीका अफिसियललाई भने जनही ३ लाख रुपैयाँका दरले दिने निर्णय भएको हो।

नेपालले मंगलबार युएइलाई पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको थियो । यो जितसँगै नेपाल अब एसिया कपका लागि छनोट भएको छ,उसले भारत र पाकिस्तानसँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *