सरकारले गर्‍यो चरम लापरबाही : जिउँदो मान्छेलाई पनि सहिदको सूचीमा समावेश

काठमाडौं ! सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छेको पनि नाम समावेश भएको पाइएको छ ।

डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा छ । फागुन १५ गते सरकारले सशस्त्र बिद्रोहका साथै विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई सम्मान स्वरुप शहीद घोषणा गर्ने निर्णय गरेको थियो

सरकारले फागुन २९ गते प्रकाशित राजपत्रमा जीउँदा व्यक्ति मटेलीलाई पनि शहीदको सूचीमा राखिएको छ । डोटी जिल्लाबाट शहीद घोषणा गरिएका ६३ जनामध्ये मटेलीको नाम ४२ औं नम्बरमा छ । राजपत्रमा २०५९ साल बैशाख १९ गते मटेलीको मृत्यु भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *