हट्यो वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान

काठमाडौं ! श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको जनाएको हो। मन्त्रालयका सहसचिव दण्डुराज घिमिरेका अनुसार   प्रधानमन्त्रीस्तरबाट निर्णय गरि अबदेखी गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति / रोजगारदाता र श्रमिक वीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था गरिएको हो।

बैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई न्युनतम दुई बर्ष करार अवधि हुनुपर्छ भन्ने ऐन कानुन कहीं कतै नभएपनि खाडी मुलुकहरुमा रोजगारी जाने नेपाली श्रमिकलाई न्युनतम दुई र मलेसियामा  ३ बर्ष (२०१८ पश्चात २ बर्ष) भन्दा कम करारमा पठाउन वा जान नमिल्ने नियम बनाईएको थियो।

कम्तिमा दुई बर्षको श्रम सम्झौता अनिवार्य गरिँदा ठुला ठुला परियोजना तथा आयोजनाका लागि महँगो पारिश्रमिकमा छोटो अवधिको बैदेशिक रोजगारीका लागि जान पाउने अवसरबाट बन्चित थिए। जस कारण कतारमा हालै सम्पन्न विश्वकप फुटबलमा सुरक्षागार्ड, ड्राइभर तथा अन्य पेशाका लागि आकर्षक तलब सुबिधा हुदाहुदै पनि हजारौं नेपालीले राम्रै धन आर्जन गर्ने अबसर गुमाएका थिए। अन्य उच्च पारिश्रमिकको काममा नेपालले अवसर गुमाउदै  आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *