सरकारले राख्यो २५ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा

काठमाडौं ! सरकारले २५ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूबाट आएको सिफारिसका आधारमा २५ वटा कम्पनीलाई निश्चित अवधिसम्मका लागि कालो सूचीमा राखेको हो ।

आज एक सूचना प्रकाशित गर्दै अनुगमन कार्यालयले कालो सूचीमा राखिएको अवधिभर ती कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने जनाएको छ ।

हेर्नुहोस् सूचना :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *