राप्रपाका मन्त्रीले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन्।

उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले राजीनामा दिएका हुन्।

उनीहरुले शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *