सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज अन्तिम रुप दिइने

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलले शुक्रबार मस्यौदालाई अन्तिम रुप दिँदैछ।

अर्थ मन्त्रालयमा बिहीबार बसेको कार्यदलको बैठकमा मस्यौदामा सामान्य छलफल भए पनि अन्तिम रुप दिन सकेन । कार्यदलका सदस्य माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थताका कारण अनुपस्थित भएपछि हिजोको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई निष्कर्षमा पुर्‍याउन नसकेको हो।

कार्यदलका संयोजक तथा उपप्रधानमन्त्री विष्णु पौडेलले शुक्रबार बिहान ११ बजे बस्ने बैठकले मस्यौदालाई अन्तिम रुप दिने बताए । सत्ता साझेदार दलहरूका सुझावलाई आधार मानेर मस्यौदा तयार गर्न लागिएको हो ।

पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा सत्ता साझेदार दलका १/१ जना सदस्य छन् । सत्ता गठबन्धनमा सात दल रहे पनि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट भने कार्यदलमा प्रतिनिधित्व छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *