सरकारद्रारा पेट्रोलियम पदार्थ र ग्यासको मूल्य फेरि बढाइयो : गरीब जनतालाई पर्‍यो ठूलो मर्का

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ। केही दिन अगाडि मात्रै पेट्रोलियम पदार्थमा मूल्य बढाएको निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पुन: पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको छ। निगमले मूल्य बढाएपछि पेट्रोल प्रतिलिटरको मूल्य १३६ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यसैगरी ग्यासको मूल्य ७५ रुपैयाँ बढाएर १५७५ बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *