यी हुन् मन्त्रिपरिषदका आजका निर्णयहरु

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्यको सिफारिश गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यको सिफारिश राष्ट्रपति समक्ष गर्ने निर्णय गरेको हो ।

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई अर्थपूर्ण मानिएको छ । अधिवेशनमा नेकपा एमालेले अवरोध गर्दै आएको थियो ।

कात्तिकको सुरुमै बेमौसमी वर्षाले आएको बाढी पहिरो र डुबानले धान बालीमा पुर्याएको क्षति मूल्यांंकन गरी कृषकलाई ६५ प्रतिशतसम्म राहत वितरण गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी, सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ । भारतका लागि डा. शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्री राजदूत नियुक्तिका लागि सिफारिश भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *