शताब्दी पुरुष जोशीको शोकमा भोलि सार्वजनिक विदा

काठमाडौं ! सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको शोकमा मंगलबार सार्वजनिक विदा दिने भएको छ ।

गृह मन्त्रालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै जोशीको निधनमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था, कुटनीतिक नियोगमा कात्तिक १ गते मंगलबार सार्वजनिक विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने सरकारले निर्णय गरेको जनाएको छ ।

जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *