‘आबुधाबी डाइलग’ मा सहभागी हुन श्रममन्त्री श्रेष्ठसहितको टोली दुबई प्रस्थान

काठमाडौ ! श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली यूएई प्रस्थान गरेको छ ।

भोलि (सोमवार) देखि शुरू हुने छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन टोली दुबई प्रस्थान गरेको हो ।

डाइलग कात्तिक ८ देखि १२ गतेसम्म (२५-२९ अक्टोबर) हुनेछ । टोलीमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल पनि छन् ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *