राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई भन्यो – प्रधानन्यायाधीश राणामाथिको अवरोध बन्द गर

काठमाडौँ ! राष्ट्रिय मानव अधिकार आयोगले  प्रधानन्यायीश चोलेन्द्र शमशेर जबरामाथि रहेको अवरोध हटाउन आग्रह गरेको छ । प्रधानन्यायाधीशको निवास बालुवाटारमा अनुगमनपछि आयोगले जारी गरेको विज्ञप्तिमा संविधान र कानून अनुसार यस प्रकारको गतिरोध अन्त्य गर्न आग्रह गरेको हो ।

‘जुनसुकै व्यक्तिको पनि संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व हुन आउँछ’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यसप्रकारका अधिकारहरूमा कुनै पनि बहानामा अवरोध पुग्नु हुँदैन भन्नेमा आयोग दृढ छ । अत: संविधान र कानूनमै टेकेर यस प्रकारको गतिरोध अन्त्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’

आयोगले राणालाई सुरक्षाकर्मीहरूले विनाकारण निवासबाट बाहिर निस्कन नदिएको जानकारी प्राप्त भएपछि अनुगमन गर्न गएको थियो । आज सरकारले राणालाई सर्वोच्चमा फर्किन नदिने निर्णय गरि उनको सरकारी निवास र सर्वोच्चमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *