काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता लागू तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरी सरुवामा तीव्रता दिएको छ ।
विगत ढेड सातामै हजारभन्दा बढी कर्मचारी सरुवा गरेको सरकारले त्यस अवधिमा झन्डै ३ हजारको संख्यामा प्रहरी सरुवा गरेको हो ।
निर्वाचनमा आपूmअनुकूलका कर्मचारी पठाउने उद्देश्यअनुसार बिनामापदण्ड मनपर्दी कर्मचारी सरुवा गर्न थालिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बिहीबार मात्रै अन्तरस्थानीय तहका ८ सयभन्दा बढी कर्मचारी सरुवा गरेको थियो ।
सो मन्त्रालयले गरेको सरुवामा ‘अत्यधिक विकृति देखिएको’ मन्त्रालयकै कर्मचारीको गुनासो छ । ‘सोर्सफोर्स र आर्थिक चलखेल’का आधारमा सरुवालाई तीव्रता दिइ“दै आएको मन्त्रालयकै कर्मचारीको दाबी छ । यसबीच प्रहरी प्रधानकार्यालयले पनि गएको १९ भदौमा २ हजार ८ सय ८४ कर्मचारी सरुवा गरेको छ भने त्यसयता केही प्रमुखसमेत सरुवा भएका छन् । याे खबर राजधानी दैनिकमा छ ।